२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घुमुवा हुसेनको असुली धन्दा तीब्र डिआईजी बेखबर कार्वाही गर्ने कसले ?

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

 

बाँके । जिल्ला प्रहरी कार्यालय बाराको क्राईम शाखाका घुमुवा प्रहरी जवान चन्दन यादव र मोबाइल सिक्स टोलीका कमान्डर प्रहरी सहायक निरीक्षक असई महम्मद हुसेन देवानको असुली धन्दा तीब्र भएको हो ।
घुमुवा प्रहरी जवान यादवले जिल्लाभरी र असई हुसेन कलैया क्षेत्रका साथै बरियारपुरका केही व्यापारीसंग महिनावारी रकम असुलीरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।
यादव र हुसेनले होली खर्चको नाममा समेत रकम उठाईरहेको स्रोतको दाबी छ ।
क्राईम शाखाका जवान यादवले मटिअर्वा नाका, दक्षिण झिटकैया, अमवा, कटहरिया, कबहीगोठ, बेल्दारी र सिम्रौनगढ नाकाका केही तस्करहरुसंग मालसमान पक्राउ नगर्ने र जिल्लाको टोली निस्किने बेला जानकारी गराउने शर्तमा रकम लिएको एकजना तस्करले नाम नलेख्ने शर्तमा बताए ।
प्रहरी जवान यादवले आफुलाई केही पत्रकार र प्रहरीको बिचौलियाको समेत साथ रहेको र हाकिमले खटाउँदा मालसामान नसमात्ने भनेर आफुहरुसंग रकम लिएको ती तस्करले दाबी गरे ।
प्रहरी जवान यादवले केही सिमित तस्करहरुसंग पाँच हजारदेखी ४० हजार सम्म रकम लिएको क्राईम शाखाका एकजना प्रहरी स्रोतको दाबी छ ।
प्रहरी जवान यादवले पैसा नलिएका तस्करहरुको मालसामान कहिलेकाही समात्ने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
यता कलैया बजार क्षेत्रको गस्ती र सुरक्षाको जिम्मा पाएको प्रहरीको मोबाइल सिक्स टोलीका कमान्डर असई हुसेनले पनि आर्थिक संकलनमा जोडतोडले लागेका छन ।
असई हुसेनले कलैया बजारमा तस्करीका समान ल्याउने पोके,साईकल र मोटरसाइकल तस्करहरुसंग महिनावारी रकम लिएको एकजना तस्कर स्रोतले दाबी गरेको छ ।
असई हुसेनले महिनाको दस हजार देखि २० हजार सम्म असुल गरेको स्रोतको दाबी छ ।
असई हुसेनले कलैया बजारमा समान ल्याउने तस्करहरुसंग महिनाको करिब तीन देखि चार लाख रकम असुल गरेको प्रहरी स्रोतको दाबी छ ।
हुसेनले एउटा सुर्ती पसल, कपडा पसल र एउटा मोटरसाइकल पसलमा रकम राख्न लगाउने गरेको ती प्रहरी स्रोतले दाबी गरे ।
शुरुशुरुमा कलैया बजारबाट तस्करीको मालसामान समातेका असई हुसेनले भने रकम लिएपछि समात्न छोडेका छन ।
कलैया बजारमा अहिले बीरगन्ज,जितपुर सम्मका महिलाहरु र अन्य ठाउँका तस्करहरु भारतबाट कपडा, औषधि,काजु, सुर्ती सहितका समान तस्करी गरेर ल्याउने गरेका छन ।
प्रहरीको मोबाइल सिक्स टोलीको कमान्डर प्रहरी हवल्दार रहँदै आएको असई हुसेनले मोटो रकम खर्च गरेर कमाण्डर बन्न सफल भएका छन । यसअघि हवल्दार हुँदा हुसेन दुई पटक मोबाइल सिक्सका कमान्डर बन्न सफल भएका थिए ।
मोबाइल सिक्स टोलीको कमान्डर बन्न प्रहरी हवल्दारहरु मरिहत्ते गर्ने गरेका छन ।
असई हुसेन र जवान यादवले भने कसैसँग पैसा नलिएको दाबी गरेका छन ।
हुसेन र यादव पटकपटक घुमुवा र मोबाइल सिक्समा बस्न खोज्ने कारण प्रहरीको नेतृत्वले खोज्नुपर्ने मांग नागरिकले गर्न थालेका छन । श्रोत बिश्व खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]