२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मुद्दा मिलाइदिने भन्दै ९९ हजार रुपैयाँ घुस लिएका नेपाल प्रहरीका इन्सपेक्टरले सफाइ पाए

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

 

काठमाडौं । साइबर ब्यूरोका तत्कालिन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले आइतबार बिशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजालसले उनलार्य सफाइ दिने फैसला गरेको हो।

ब्यूरोको मुद्दामा शाखामा कार्यरत रहेका बेला सुवेदीले बार्गेनिङ गरेर ९९ हजार लिएको प्रहरीको आन्तरिक अनुसन्धानमा खुलेको थियो।

सोही आधारमा प्रहरीले निलम्बन गरी थप कारबाहीका लागि फाइल अख्तियारमा बुझाएको थियो।

अख्तियारले घुस लिएको पुष्टि भएपछि गत २८ भदौमा मुद्दा दायर गरेको थियो। तर, सो मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइको फैसला भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]