२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

राष्ट्रपति ट्रम्पले अति गरेपछी अमेरिकी उत्पादनहरूमा चीनले पनि लगाएको कर,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

राष्ट्रपति ट्रम्पले अति गरेपछी अमेरिकी उत्पादनहरूमा चीनले पनि लगाएको कर

काठमाडौं । अमेरिकाले लगाएको २० प्रतिशत अतिरिक्त करको जवाफमा चीनले यो कर लगाउन थालेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ ​​मा चीनमाथि १० प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरेका थिए। एक महिना पछि, ट्रम्पले चीनमाथि लगाइएको १० प्रतिशत कर बढाएर २० प्रतिशत पुर्‍याएका छन्।

यसपछि चीनले अमेरिकाबाट आउने कोइला र एलएनजीमा १५ प्रतिशत र कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै दुई देशबीच फेरि एकपटक ट्यारिफ युद्ध सुरु भएको छ। यस युद्धमा चीनले अमेरिकाको तुलनामा साढे दुई गुणा बढी क्षति बेहोर्ने विज्ञहरूको अनुमान छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]