२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मंगलबार तपाईंहरुको रशिफल

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन तपाईंका लागि अनुकूल देखिन्छ। बाधाहरू हट्नेछन्, सबैतिरबाट सहयोग प्राप्त हुनेछ, रोकिएका कामहरू बन्नेछन्, पढाइमा मन लाग्नेछ, व्यवसायबाट लाभ मिल्नेछ, र नयाँ कामको सुरुवात हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): स्वास्थ्यमा सुधार आउनेछ, रोकिएका कामहरू बन्नेछन्, रोकिएको धन हात पर्नेछ, श्रम अनुसारको फल पाइनेछ, र साथीभाइबाट सहयोग मिल्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ, विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ, र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको निर्णय दीर्घकालसम्म रहनेछ, उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ, साथीको साथ मिल्नेछ, परिवारबाट सम्मान प्राप्त हुनेछ, र प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ, राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ, परिवारको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने समय छ, र व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ, व्यापारमा गरेको प्रयास सफल बन्नेछ, स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ, तर परिवारमा खटपटी बढ्ने जोखिम छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंले गरेको प्रयास सफल बन्नेछ, शिक्षामा गरेको लगानीमा थप मिहिनत गर्नुपर्ने समय छ, राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ, र परिवारको साथ र सहयोग मिल्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ, प्राविधिक शिक्षाबाट आम्दानी हुनेछ, वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ, र परिवारसँग रमाइलो भेटघाटको अवसर मिलेको देखिन्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज दिन सामान्य छ। व्यापारमा ठूलो लगानी नगर्नु उचित हुनेछ, तपाईंले गरेको मिहिनेतको फल अरुले लिँदा राजनीतिक क्षेत्रमा खटपटी बढ्नेछ, र अरू काममा सक्रिय हुँदा स्वास्थ्यमा समस्या आइपर्ने जोखिम छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन सामान्य छ। रोगबाट मुक्त हुने योग छ, शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ, विपक्षी साथीको सहयोगमा तपाईंको काम बन्नेछ, र परिवारसँगको सम्बन्ध सुदृढ रहनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानो कुराले मनमा आक्रोश बढ्नेछ, सञ्चित धन खर्च हुनेछ, धार्मिक कुरामा विश्वास नहुने जोखिम कम गर्न बिहान उठेर शिवजीको भजन सुन्नु उपयुक्त हुनेछ, र संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन राम्रो छ। सुरुवाती शनिले केही खर्च भए पनि इज्जत बढ्नेछ, व्यापारमा गरेको साझेदारीबाट फाइदा हुनेछ, राज्यको तर्फबाट पाउने पुरस्कारले मनमा उत्साह बढ्नेछ, र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

माधवा शर्मा

सचिव- नेपाल ज्योतिष परिदषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।

फोन नं 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।