२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

स्टाफ कलेज परिक्षाको बिबाद २० जना डीएसपी सर्वोच्च अदालतमा रित दर्ता गर्न पुगे

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

 

काठमाडौं । नेपाल प्रहरीको वृत्ति विकासका लागि महत्त्वपूर्ण मानिएको स्टाफ कलेज (एमपीएस) को प्रवेश परीक्षा आगामी साता सञ्चालन गर्ने तयारी भइरहेको छ। तर, यस कार्यक्रमलाई रोक्नकै लागि २० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सर्वोच्च अदालत पुगेका छन्।

डीएसपी रिपेन्द्र कुमारसहित २० जना डीएसपीहरूले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्, जसको सुनुवाइ मंगलबार आजका लागि तोकिएको छ। उनीहरूले प्रहरी संगठनभित्र स्टाफ कलेजको व्यवस्था कानुनी रूपमा स्पष्ट नभएको भन्दै परीक्षा रोक्न माग गरेका छन्।

२०७० सालको चैतमा भर्ना भएका इन्सपेक्टर ब्याचबाट स्टाफ कलेज सुरु गर्ने निर्णय भएपछि केही प्रहरी अधिकृतहरू असन्तुष्ट बनेका हुन्। उनीहरूको दाबी छ कि स्टाफ कलेजको अवधारणा कानुनी रूपमा आधारहीन छ र यसले प्रहरी संगठनभित्र अन्योलता सिर्जना गर्न सक्छ।

तर स्टाफ कलेजको अवधारणाले नेपाल प्रहरीभित्रको चेन अफ कमाण्डलाई बलियो बनाउने दाबी गरिएको छ। क्षमतावान अधिकृतहरू मात्र सफल हुने प्रणाली लागू गरिएपछि राजनीतिक हस्तक्षेपका आधारमा हुने सरुवा–बढुवामा कटौती हुने विश्वास गरिएको छ।

तर, केही डीएसपीहरूले भने राजनीतिक पहुँचकै आधारमा आफूहरूलाई पन्छाइने खतरा देखेर अदालतको ढोका ढकढक्याएको प्रहरी स्रोतले जनाएको छ। उनीहरूले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र स्टाफ कलेजलाई विपक्षी बनाएका छन्।

अब सर्वोच्च अदालतको निर्णयले नेपाल प्रहरीको स्टाफ कलेज भविष्य तय गर्ने देखिएको छ। अदालतले रिटको पक्षमा आदेश दिए प्रवेश परीक्षा रोक्नुपर्नेछ, अन्यथा स्टाफ कलेज कार्यान्वयन हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]