२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीको ठुलो सफलता , साढे २९ किलो चरेससहित ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

दाङ । घोराहीबाट साढे २९ किलो चरेशसहित तीन जना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेहरु सबै रुकुम पूर्वका हुन्।

रुकुम पूर्वको भूमे गाँउपालिका – २ खबाङका ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाँउका ५३ बर्षीय रुपधन घर्ती र ६४ वर्षीय जुनबहादुर पुन पक्राउ परेको जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका मध्य फर्कबहादुरको साथबाट १५ किलो १२३ ग्राम र रुपधनको साथबाट १४ किलो ५७२ ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।

सुराकको आधारमा जिल्लाबाट प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त टोलीले सोमबार उनीहरुलाई घोराही – होलेरी सडक खण्डबाट पक्राउ गरेको थियो।

घोराही उपमहानगरपालिका – १३ बाह्रकुने दह क्षेत्रबाट उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

पैदल हिडिरहेका उनीहरुले बोकेको आलुको बोरा भित्र खान तलासी गर्ने क्रममा चरेश बरामद भएको डिएसपी शाहले बताए।

पक्राउ परेकाहरुबारे लागु औषध सम्बन्धि मुद्दा चलाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।