२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बारामा प्रहरीको क्राईम शाखाका घुमुवा र मोबाइल सिक्स टोलीको असुली धन्दामा,

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित बुधबार, फाल्गुण २८, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय बाराको क्राईम शाखाका घुमुवा प्रहरी जवान चन्दन यादव र मोबाइल सिक्स टोलीका कमान्डर प्रहरी सहायक निरीक्षक असई महम्मद देवानको असुली धन्दा तीब्र भएको हो ।
घुमुवा प्रहरी जवान यादवले जिल्लाभरी र असई हुसेन कलैया क्षेत्रका साथै बरियारपुरका केही व्यापारीसंग महिनावारी रकम असुलीरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।
यादव र हुसेनले होली खर्चको नाममा समेत रकम उठाईरहेको स्रोतको दाबी छ ।
क्राईम शाखाका जवान यादवले मटिअर्वा नाका, दक्षिण झिटकैया, अमवा, कटहरिया, कबहीगोठ, बेल्दारी र सिम्रौनगढ नाकाका केही तस्करहरुसंग मालसमान पक्राउ नगर्ने र जिल्लाको टोली निस्किने बेला जानकारी गराउने शर्तमा रकम लिएको एकजना तस्करले नाम नलेख्ने शर्तमा बताए ।
प्रहरी जवान यादवले आफुलाई केही पत्रकार र प्रहरीको बिचौलियाको समेत साथ रहेको र हाकिमले खटाउँदा मालसामान नसमात्ने भनेर आफुहरुसंग रकम लिएको ती तस्करले दाबी गरे ।
प्रहरी जवान यादवले केही सिमित तस्करहरुसंग पाँच हजारदेखी ४० हजार सम्म रकम लिएको क्राईम शाखाका एकजना प्रहरी स्रोतको दाबी छ ।
प्रहरी जवान यादवले पैसा नलिएका तस्करहरुको मालसामान कहिलेकाही समात्ने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
यता कलैया बजार क्षेत्रको गस्ती र सुरक्षाको जिम्मा पाएको प्रहरीको मोबाइल सिक्स टोलीका कमान्डर असई हुसेनले पनि आर्थिक संकलनमा जोडतोडले लागेका छन ।
असई हुसेनले कलैया बजारमा तस्करीका समान ल्याउने पोके,साईकल र मोटरसाइकल तस्करहरुसंग महिनावारी रकम लिएको एकजना तस्कर स्रोतले दाबी गरेको छ ।
असई हुसेनले महिनाको दस हजार देखि २० हजार सम्म असुल गरेको स्रोतको दाबी छ ।
असई हुसेनले कलैया बजारमा समान ल्याउने तस्करहरुसंग महिनाको करिब तीन देखि चार लाख रकम असुल गरेको प्रहरी स्रोतको दाबी छ ।
हुसेनले एउटा सुर्ती पसल, कपडा पसल र एउटा मोटरसाइकल पसलमा रकम राख्न लगाउने गरेको ती प्रहरी स्रोतले दाबी गरे ।
शुरुशुरुमा कलैया बजारबाट तस्करीको मालसामान समातेका असईले भने रकम लिएपछि समात्न छोडेका छन ।
कलैया बजारमा अहिले बीरगन्ज,जितपुर सम्मका महिलाहरु र अन्य ठाउँका तस्करहरु भारतबाट कपडा, औषधि,काजु, सुर्ती सहितका समान तस्करी गरेर ल्याउने गरेका छन ।
प्रहरीको मोबाइल सिक्स टोलीको कमान्डर प्रहरी हवल्दार रहँदै आएको असई हुसेनले मोटो रकम खर्च गरेर कमाण्डर बन्न सफल भएका छन । यसअघि हवल्दार हुँदा हुसेन दुई पटक मोबाइल सिक्सका कमान्डर बन्न सफल भएका थिए ।
मोबाइल सिक्स टोलीको कमान्डर बन्न प्रहरी हवल्दारहरु मरिहत्ते गर्ने गरेका छन ।
असई हुसेन र जवान यादवले भने कसैसँग पैसा नलिएको दाबी गरेका छन ।
हुसेन र यादव पटकपटक घुमुवा र मोबाइल सिक्समा बस्न खोज्ने कारण प्रहरीको नेतृत्वले खोज्नुपर्ने मांग नागरिकले गर्न थालेका छन । श्रोत बिश्व खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]