२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अहिलेको नयाँ ऐन नेपाल प्रहरी र सशस्त्र प्रहरी बिबाद हुने संभावना किन ?

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण २८, २०८१

काठमाडौं । नेपालमा शान्ति सुरक्षा बहाली, अपराध अनुसन्धान र कानुन कार्यान्वयनका लागि नेपाल प्रहरीले काम गरिरहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमाको सुरक्षा, भन्सार गस्ती, औद्योगिक प्रतिष्ठानको सुरक्षा लगायतमा सशस्त्र प्रहरी बल खटिएको छ । अर्थात् यी दुवै सुरक्षा संगठन आ–आफ्नै विशिष्ट कार्यक्षेत्रसहित काम गरिरहेका छन् । पछिल्लो समय भने सरकारले यी दुई संगठनका ऐन तथा कानुनी संरचनालाई समान बनाउन खोजेको भन्दै सुरक्षा क्षेत्रका विज्ञहरू, नीति निर्माता तथा आम नागरिकबाट आलोचना बढ्न थालेको छ । उनीहरूको चिन्ता यी दुवै संगठनलाई आधारभूत रूपमा उस्तै बनाउन थालियो भन्ने छ ।

यदि यी दुई निकायहरू उस्तै प्रकृतिका बनाउन लागिएको हो भने प्रश्न उठ्छ– एउटै उद्देश्य वा उस्तै कामका लागि किन दुई वटा संगठन आवश्यक पर्‍यो त ? कतिपयले त्यसो हो भने यी दुवै संस्थालाई एकापसमा ‘मर्ज’ गरेर अब एउटै सुरक्षा निकाय बनाउनु उचित हुने तर्क गरिरहेका छन् । अर्का थरीले भने दुवै संस्थाको विशिष्टता कायम राख्दै, उनीहरूलाई अझ बढी व्यावसायिक बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन् ।

यो आलेखमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एकै किसिमको बनाउनु किन उपयुक्त छैन ? सशस्त्र प्रहरी बललाई अझ दक्ष र प्रभावकारी कसरी बनाउन सकिन्छ ? यी संस्थाहरूमा रहेको मूलभूत भिन्नता तथा सुरक्षामा हुने प्रभावहरूबारे विस्तृत रूपमा चर्चा गरिनेछ ।

प्रहरी र सशस्त्र प्रहरीको पृष्ठभूमि र कार्यक्षेत्र
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको इतिहास बेग्लै छ । अनि यी संस्थाहरूले फरक–फरक जिम्मेवारी बहन गर्दै आएका छन् । सुरक्षा व्यवस्थामा परिवर्तन ल्याउनका लागि यी दुई संस्थाको ऐतिहासिक पृष्ठभूमि र कार्यक्षेत्रलाई बुझ्नु आवश्यक हुन्छ ।

सबभन्दा पहिले नेपाल प्रहरीको चर्चा गरौँ । मुलुकको आन्तरिक सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारी पाएको प्रमुख संस्था नेपाल प्रहरीको स्थापना २००७ सालमा भएको हो । त्यस बेला पुलिस फोर्सका रूपमा स्थापना भए पनि यसको औपचारिक स्वरूप भने २०१२ सालमा अस्तित्वमा आएको हो । नेपाल प्रहरी सार्वजनिक सम्पत्तिको रक्षा, अपराध अनुसन्धान, कानुन कार्यान्वयन, शान्ति सुव्यवस्था कायम गर्ने तथा सामुदायिक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यरत छ । नेपाल प्रहरीले स्थानीय प्रशासनसँग समन्वय गर्दै नागरिकको सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवारी पनि बहन गरिरहेको छ ।

नेपाल प्रहरीका मुख्य कार्यहरूमा अपराध अनुसन्धान (हत्या, चोरी, अपहरण, ठगी, साइबर अपराध आदिको अनुसन्धान), सामुदायिक प्रहरी सेवा र कानुन कार्यान्वयन, शान्ति सुव्यवस्था कायम गर्न परिचालन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय प्रहरी संगठनसँग समन्वय, सार्वजनिक सुरक्षा सम्बन्धी नीति निर्माण लगायत छन् ।

देशमा आन्तरिक द्वन्द्व अर्थात् माओवादीको हिंसात्मक विद्रोह चर्कँदै गएपछि स्थापना भएको हो सशस्त्र प्रहरी बल । अद्र्धसैन्य बलका रूपमा स्थापित सशस्त्र प्रहरी बलको स्थापना २०५८ सालमा भएको हो । अहिले यो मुख्यतः अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र विशेष सुरक्षा कार्यमा केन्द्रित छ । यो गृह मन्त्रालय अन्तर्गतको एक स्वायत्त सुरक्षा निकायका रूपमा रहेको छ । यसको मुख्य जिम्मेवारी सीमाको सुरक्षा, सशस्त्र विद्रोह तथा दंगा नियन्त्रण, आतंकवादविरोधी अभियान, विपद् व्यवस्थापन तथा विशेष सुरक्षा कार्यहरूमा संलग्नता रहिआएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]