२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ । आफन्त तथा घरपरिवारका साथ रमाइलो वातावरणमा समय व्यतित गर्न सकिनेछ । खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यतित हुनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्तिको योग रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको कामदेखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जन गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । छिमेकीमाझ राम्रो काम गरेर प्रशिद्धी कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । परिवारका साथ खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतित हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुशी रहनेछ । खानपान तथा मनोरञ्जन समय व्यतित हुनेछ । सांगितिक क्षेत्रमा रमाउन सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जाने छ भने व्यवसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । नीतिनियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ । काम वा अध्ययनबाट विश्राम पाइनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । परिवार तथा साथीभाइसँग बढि नै रमाइलो गर्न खोज्दा नकरात्मक नतिजा आउन सक्छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुख्र्यौली सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । परिवारका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरेर आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेटिने हुदा मन प्रशन्न रहनेछ । मनोरञ्जन तथा मीठो मसिनो खानपानमा समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र, मनपर्ने तथा विलाशी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सँस्कार सँस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ । मनोरञ्जनको क्षेत्रमा समय व्यतित हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ । र, पनि घरपरिवार तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । रमाइलो वातावरणमा समय व्यतित गर्न सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मियता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । मनोरञ्जन, भेटघाट तथा खानपानमा समय व्यतित हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) नोकरी वा अध्ययनबाट विश्राम पाइनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले यात्राको अवसर जुराउनेछ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतित हुनेछ । सन्तान तथा परिवारसँग समय बिताउन पाउदा मन हर्षित हुनेछ ।

माधवा शर्मा सचिव- नेपाल ज्योतिष परिदषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!