२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

आज होली पहाडी तथा हिमाली जिल्लामा मनाइँदै तराईंका जिल्लामा भने भोलि मनाइने

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

 

काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराईं र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।

फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]