२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शनिबार तपाईहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, चैत्र ०२, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सामान्य राम्रो छ। काम गर्दा सचेत बन्नुपर्नेछ। मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। साना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठूलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन राम्रो छ। चिताएका कार्यहरु पूर्ण हुनेछन्।धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धनलक्ष्मी योग परेको छ। यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): हरेक काम सहजै बन्नेछन्। साथीभाइको साथमा काम सहजै बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्ने योग छ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय र सम्पत्ति खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। विपक्षी साथीले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन राम्रो छ। आम्दानीका स्रोत राम्रा छन्। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। स्वास्थ्यमा समस्या देखिनेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन सामान्य छ। लगानीका क्षेत्रमा घाटा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शरीरमा आलस्य बढ्नेछ। परिवारले तपाईंको अवस्था विपरीत कुरा गर्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरे मन शान्त बन्नेछ। 

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मन अशान्त बन्नसक्छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। शनि अनुकूल भएमा मनमा शान्ति मिल्नेछ। एकल निर्णय आजको लागि घातक हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मनमा चिन्ता बढ्नेछ ।बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। 

माधवा शर्मा ।
ज्योतिषाचार्य तथा वास्तु विद् ।
सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]