२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

चैत ४ गते अनिवार्य अवकाशमा जान लागेका आईजिपी कुँवरसहित ५ एआइजी ३ डिआइजी घर जादै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०२, २०८१

काठमाडौं । नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरलगायत नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । आइजिपीले अवकाश पाउन तीन दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन ।

प्रहरी महानिरीक्षक कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्।

एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले अवकाश पाउन लागेका हुन्। त्यस्तै, डिआइजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि ४ चैतदेखि अवकाश पाउँदै छन् ।

अवकाशमा जान लागेका आइजिपीसहित उच्च अधिकारीको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ। तर, बिदाइ गर्ने उत्तराधिकारी भने चयन हुन सकेको छैन ।

आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी प्रहरीको ३१औँ आइजिपीको मुख्य दाबेदार छन् । जसमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् । उनीहरू ०५२ साल भदौ १८ गते इन्स्पेक्टरमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आइजिपी हुनेछन् । जसको टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आइजिपी नियुक्ति गर्ने सम्भावना छ ।

यसअघि पनि सरकारले अन्तिम दिन मात्र आइजिपीको निर्णय गर्दै आएको छ । समयमै निर्णय नहुँदा आइजिपी नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको छ।

एउटै ब्याचबाट १६ जना विशिष्ट श्रेणीमा
०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएको प्रहरीको १०८ नम्बर ब्याच भाग्यमानी  बनेको छ । यो ब्याचबाट १६ जना विशिष्ट श्रेणीमा पुगेका छन्।

त्यसवेला सरकारले सयजना इन्स्पेक्टरको विज्ञापन खुलाएकोमा पहिलो लटमा ५२ जनालाई नियुक्ति दिएको थियो । जसमध्ये नेपाल प्रहरीमा ५० जना र दुईजनालाई विशेष प्रहरीमा भर्ना लिएको थियो । त्यसरी भर्ना भएका ५२ मध्ये १६ जना विशिष्ट श्रेणीमा पुगेका छन् । नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीका आठ दरबन्दी भए पनि सुरुमा बढुवा भएका एआइजीहरूले ५६ वर्षे उमेरहदका कारण अवकाश पाएपछि धेरैले अवसर पाएका हुन्। केहीको हकमा भने अर्कालाई राजीनामा दिन लगाएर विधा बढाउन केही दिनका लागि मात्र पनि सरकारले एआइजीमा बढुवा गरेको थियो ।

यो ब्याचबाट एआइजी हुनेमा टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुवेर कडायत, रवीन्द्र केसी र जनक भट्टराई हुन् । उनीहरूमध्ये टेकप्रसाद, बुद्धिराज, दुर्गा, कुवेर र जनक हाल पदमा छन्। त्यस्तै, यो ब्याचबाट सातजना डिआइजी तथा एकजना एसएसपीसम्म पुगेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!