२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सामाजिक बिकास मन्त्री तिमिल्सिनाद्वारा बुटवल तालिम केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०३, २०८१

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा आज मिति २०८१।१२।०३ गते देखि संचालित १६ कार्यदिन अवधिको गैर-आवसिय मनोसामाजिक मनोविमर्स सहयोगी (Psychosocial Counselling Support) तालिमको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका माननिय मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठ ज्यूको विशेष

आतिथ्यतामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव केशव प्रसाद उपाध्यायको अध्यक्षतामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक, सह-समादेशक, सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना अन्तर्गतका कर्मचारीहरु, मिडियाकर्मीहरुको उपस्थितमा तालिम उद्घाटन कार्यक्रम सम्पन्न सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]