बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेले हिंसामा उत्रिएका ४० जनालाई नौबस्ता बालसुधार गृह पठाएको छ भने २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको छ ।
घटनाको अनुसन्धान गर्ने र झडप, तोडफोड,आगजनी, लुटपाट गर्नेलाई थप मुद्दा लगाउने गरी कारबाही प्रक्रिया अघि बढेको बाँके प्रहरीका प्रवक्ता डिएसपी दीपक पातलीले बताउनु भयो ।
शुक्रबार रातिदेखि भएको झडपमा घाइते भएका सबै जना डिस्चार्ज भएका छन् । प्रहरीले केही दिनअघि तीन जना प्रहरीलाई कुट्ने ५ जना, शुक्रबार र शनिबार बालसुधार गृहमा झडप, तोडफोड , आगजनी र गाउँमा गएर पसल लुट्नेलाई कसुर अनुसारको कारबाहीका लागि कारागार विभागमा पत्र पठाउने जनाएको छ ।
झडपका क्रममा प्रहरीको एउटा मोटरसाइकल गायब पारिएको छ भने कारागारका कर्मचारीको स्कुटी तोडफोड गरिएको छ ।