२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

दाङ प्रहरीले लागूऔषध र साइबर अपराध नियन्त्रण विशेष सचेतनामूलक कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०३, २०८१

दाङ । बंगलाचुली गाउँपालिका वडा नं. ३ स्थित माध्यामिक विद्यालय भेडावारी, मुलावारी समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।१२।०३ गते बंगलाचुली गाउँपालिका वडा नं. ३ स्थित माध्यामिक विद्यालय भेडावारी, मुलावारीमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा माध्यामिक विद्यालय भेडावारी, मुलावारीको सहकार्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राम कुमार के.सी.को प्रमुख आतिथ्यता, वडा सदस्य शोभराज विश्वकर्मा, प्रधानाध्यापक खगराज लम्साल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, कक्षा


८,९ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा संचालित “बालबालिकासंग सम्बन्धित आधारभुत सुरक्षा तथा उपयोगी जानकारी मूलक कार्यक्रम”मा प्रहरी निरीक्षक राम बहादुर के.सी.ले लागू औषधको परिचय, लागू औषध दुर्व्यसनमा पर्नुको कारण, दुर्व्यसनको असर, लागू औषध नियन्त्रण गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरुको भूमिका, दाङ जिल्लामा साइबर अपराधको प्रवृती, सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, बाल विवाह नियन्त्रण, कानूनी प्रावधान लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!