२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

लागुऔषध बाँके जिल्लाको प्रमुख सुरक्षा चुनौती, नियन्त्रण गर्न बाँके एसपी कार्की सक्रिय,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

 

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। नेपालगन्ज लागुऔषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।

उनले लागुऔषध नियन्त्रणका लागि मुख्य नाका जमुनाह र अन्य सहायक नाकामा कडाइ गरिएको बताए। ‘लागुऔषध बाँकेको प्रमुख सुरक्षा चुनौती बनेको छ। योे नियन्त्रण गर्न बाँके प्रहरीले तदारुकताका साथ काम गरिरहेको छ,’ उनले भने।

फागुन महिनामा गरेको प्रगति विवरण पत्रकारमाझ सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक पातलीले एक महिनामा पाँच हजार ट्याब्लेट ट्रामाडोल र चार किलो दुई सय ग्राम चरेससहित ओसारपसारमा संलग्न २२ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले ६५ जना फरार अभियुक्तलाई पक्राउ गरी १५ वर्ष दुई महिना १८ दिन कैद भुक्तानका लागि पठाइएको बताए।

फरार अभियुक्तहरूबाट चार लाख ३५ हजार ५५ रुपैयाँ जरिवाना असुल गरिएको पनि उनले जानकारी दिए। ‘फागुन महिनामा १३१ वटा मुद्दा दर्ता भएको थियो। जसमध्ये १०२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ,’ उनले भने, ‘माघ महिनामा फर्स्योट हुन बाँकी रहेका ६५ वटा मुद्दा पनि फर्स्योट गरिएको छ।’

उनले फागुन महिनामा ४१४ वटा ठाडो उजुरी दर्ता भएकोमा ३९६ वटा फर्स्योट भएको तथ्यांक पत्रकारमाझ सार्वजनिक गरे। उनले एक महिनामा १४ लाख ७१ हजार ८७५!ह रुपैयाँबराबरको अवैध सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको बताउँदै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट २९ लाख ११ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको जानकारीफ दिए। उनले भने, ‘एक महिनामा तीन लाख ७६ हजार ८१० रुपैयाँबराबरको अवैध कुखुरा बरामद गरी क्वारेन्टाइन कार्यालयमा बुझाइएको छ।’

बाँके प्रहरीले सीमानाकाबाट ८१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकको उद्धार गरी परिवारको जिम्मा लगाएको र अलपत्र अवस्थामा फेला परेका १५ जनालाई संरक्षणका लागि विभिन्न संस्थामा पठाएको छ। हराएका तीनवटा मोटरसाइकल, एक साइकल र २१ थान मोबाइलसमेत फेला पारी सम्बन्धित निकायलाई बुझाएको बाँके प्रहरीले जनाएको छ।

स्थानीयलाई सचेत बनाउन बाँके प्रहरीले १६० वटा सचेतना अभियानसमेत सञ्चालन गरेको छ। बाँके प्रहरी प्रवक्ता पातलीका अनुसार बाँकेका विभिन्न क्षेत्रमा ट्राफिक नियम, लैंगिक हिंसा, लागुऔषध दुरुपयोग, साइबर अपराध, चोरीलगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ‘गत फागुन महिनामा मात्र ट्राफिक नियमअन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायत २५१ वटा सचेतनामूलक कार्यक्रम गरिएको प्रबक्ता डिएसपीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!