२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् को,को छ्न नयाँ एआईजीको दाबेदारहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

काठमाडौं । सोमबारदेखि गण्डकी प्रदेशका डीआईजी भोला रावल तथा सुदुरपश्चिमका गणेश चन्दले पनि आईजीपी बसन्तबहादुर कुँवरसँगै अवकाश पाउँदैछन् ।

कोशी प्रदेशका राजन अधिकारी, लुम्बिनीका दानबहादुर कार्की, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरी शर्मा समेत एआईजी बढुवाको दाबेदार भएकाले ती प्रदेशको नेतृत्व पनि खाली हुने सम्भावना छ ।

जसकारण प्रदेश जानका लागि अहिलेदेखि नै मारामार सुरु भइसकेको छ । प्रदेशमा सरुवा र एआईजीको बढुवासँगै अघि बढाउने गृह मन्त्रालयको तयारी छ । मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् ।

जसमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा, दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी तथा शिद्धिबिक्रम शाह मुख्य दाबेदार छन् ।

यही बढुवाले प्रहरीमा भावी नेतृत्वको तय गर्ने भएकाले पनि एआईजी बढुवामा तिव्र टक्कर छ । उनीहरुमध्ये दानबहादुरको ब्याच २०५४ मा भर्ना भएको थियो भने शिद्धिबिक्रमको ब्याच २०५३ मा भर्ना भएको हो

शिद्धिबिक्रमको ब्याचबाट आईजीपी भएपछि पनि दानबहादुरको ब्याचबाट आईजीपी हुने भएकाले यसपटक २०५३ को ब्याचलाई एआइजीमा अघि तान्ने सम्भावना समेत रहेको स्रोत बताउँछ । किनकी रवि लामिछाने गृहमन्त्री छँदा शाहको व्याचलाई छुटाइएको थियो।

त्यस्तै, डीआईजीहरु उमा चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बर बिक, सुशिलसिंह राठौर, दिनेश आचार्य , ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट, गोविन्द थपलिया लगायत भने सके एआइजी हुने र नभए प्रदेश जाने रणनीतिमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!