०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

बहुला खोलामा निर्माणाधीन पुलको अनुगमन : पूर्वमन्त्री मास्केसहित स्थानीयको सहभागिता

Logo
रिता केसी प्रकाशित सोमबार, चैत्र ०४, २०८१

दाङ । शान्तिनगर गाउँपालिका वडा नं २ र ४ को सीमामा निर्माण भइरहेको बहुला खोलाको पुलको अवलोकन कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर ‘राजेश’को नेतृत्वमा सम्पन्न कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा नं २ का अध्यक्ष सुनिल वली, वडा नं १ र ४ का वडा अध्यक्षहरू, साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अवलोकनका क्रममा पुल निर्माणको प्रगतिबारे जानकारी लिइँदै, निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक उपायहरूबारे छलफल गरिएको छ। स्थानीयहरूले पुल निर्माणपछि गाउँपालिकाको विभिन्न क्षेत्रहरू जोडिने र यातायातमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

पूर्व अर्थमन्त्री राजेशले पुल निर्माण कार्यलाई तीव्र गति दिन आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्धता जनाउँदै, स्थानीय तहदेखि प्रदेश सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

स्थानीय नेतृत्वले पनि पुल निर्माण पूरा भएपछि कृषि, व्यापार र दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । बिरगंज नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार, हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामापनि […]

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो । रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । गौर नगरपालिका-९ […]

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय […]

error: Content is protected !!