२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लोक तथा दोहोरी गायक खानले सामाजिक सञ्जालबाट हलिमको चरित्र हत्या,हलिमले गरे पत्रकार सम्मेलन,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, चैत्र ०४, २०८१

 

दाङ । भालुवाङ प्युठान चर्चित लोकदोहोरी गायक अलिफ खान अब कानुनी कठघरामा जानसक्ने सम्भावना देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनलेे निराधार र अपमानजनक आरोप लगाएकोप्रति प्युठान जिल्ला सरुमारानी गाउँपालिका गाउँ कार्यपालिका सदस्य मोहम्मद हलिमले ती आरोपको खण्डन गरेका छन् ।

गायक खानले सामाजिक सञ्जाल फेसबुकमा आफूप्रति नाम खुलाएर व्यक्तिगत आक्षेप लगाउने, चरित्र हत्या गर्ने, र राजनीतिक रूपमा बदनाम गर्ने प्रयास गरेको भनेर हलिमले आपत्ती जनाए।

गायक अलिफ खानले हलिमलाई पार्टीशक्तिको आडमा धम्की दिएको, नैतिक र सामाजिक रूपमा पतन भएको व्यक्तिको संज्ञा दिन सामाजिक सञ्जालमै ‘चिन्ने मानिसले मलाई सम्पर्क गर्नु’ भन्ने अपमानजनक सामग्री प्रकाशन गरेका थिए । सरुमारानी गाउँपालिका–४ बड्डाँडा प्युठान निवासी मोहम्मद हलिमले आइतवार पत्रकार सम्मेलन मार्फत अलिफ खानको भनाई पूर्ण रूपमा झूटो, आधारहीन र मानहानी गर्ने नियतले गरिएको आरोप लगाएका छन् ।

टिकटकमा सामान्य टिप्पणी गरेकै कारण अलिफ खानले आफूमाथि हुँदै नभएको कुरामा आरोप लगाएर बदनाम गर्ने कोशिश गरेको हलिमले बताए । उनले भने, “मैले सामाजिक सञ्जालमा कुनै अपशब्द प्रयोग गरेको छैन। न त कसैलाई धम्की दिएको छु। तर, अलिफ खानले मेरो नाम खुलाएर सार्वजनिक रूपमा चरित्र हत्या गर्ने प्रयास गरे। यसले मेरो व्यक्तिगत इज्जत, सामाजिक प्रतिष्ठा र नैतिकतामै आँच पुर्‍याएको छ,“ – हलिमले भने ।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिएका यस्ता भ्रमपूर्ण प्रचार विरुद्ध कडा कानुनी कारबाही गर्न माग गरेका छन् । साथै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरेका छन् । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!