२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

लोक तथा दोहोरी गायक खानले सामाजिक सञ्जालबाट हलिमको चरित्र हत्या,हलिमले गरे पत्रकार सम्मेलन,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, चैत्र ०४, २०८१

 

दाङ । भालुवाङ प्युठान चर्चित लोकदोहोरी गायक अलिफ खान अब कानुनी कठघरामा जानसक्ने सम्भावना देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनलेे निराधार र अपमानजनक आरोप लगाएकोप्रति प्युठान जिल्ला सरुमारानी गाउँपालिका गाउँ कार्यपालिका सदस्य मोहम्मद हलिमले ती आरोपको खण्डन गरेका छन् ।

गायक खानले सामाजिक सञ्जाल फेसबुकमा आफूप्रति नाम खुलाएर व्यक्तिगत आक्षेप लगाउने, चरित्र हत्या गर्ने, र राजनीतिक रूपमा बदनाम गर्ने प्रयास गरेको भनेर हलिमले आपत्ती जनाए।

गायक अलिफ खानले हलिमलाई पार्टीशक्तिको आडमा धम्की दिएको, नैतिक र सामाजिक रूपमा पतन भएको व्यक्तिको संज्ञा दिन सामाजिक सञ्जालमै ‘चिन्ने मानिसले मलाई सम्पर्क गर्नु’ भन्ने अपमानजनक सामग्री प्रकाशन गरेका थिए । सरुमारानी गाउँपालिका–४ बड्डाँडा प्युठान निवासी मोहम्मद हलिमले आइतवार पत्रकार सम्मेलन मार्फत अलिफ खानको भनाई पूर्ण रूपमा झूटो, आधारहीन र मानहानी गर्ने नियतले गरिएको आरोप लगाएका छन् ।

टिकटकमा सामान्य टिप्पणी गरेकै कारण अलिफ खानले आफूमाथि हुँदै नभएको कुरामा आरोप लगाएर बदनाम गर्ने कोशिश गरेको हलिमले बताए । उनले भने, “मैले सामाजिक सञ्जालमा कुनै अपशब्द प्रयोग गरेको छैन। न त कसैलाई धम्की दिएको छु। तर, अलिफ खानले मेरो नाम खुलाएर सार्वजनिक रूपमा चरित्र हत्या गर्ने प्रयास गरे। यसले मेरो व्यक्तिगत इज्जत, सामाजिक प्रतिष्ठा र नैतिकतामै आँच पुर्‍याएको छ,“ – हलिमले भने ।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिएका यस्ता भ्रमपूर्ण प्रचार विरुद्ध कडा कानुनी कारबाही गर्न माग गरेका छन् । साथै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरेका छन् । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!