२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको बेलझुण्डिमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा १४ जना घाइते

Logo
सागर रोका प्रकाशित सोमबार, चैत्र ०४, २०८१

दाङ । बेलझुण्डी दाङको बेलझुण्डिमा बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । अहिले घाइतेहरुको विवरण संकलनको काम भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर– १८ बेल्झुण्डी नजिकै मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।

सोही दिशातर्फ आउदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । एक्कासी बसले ब्रेक लगाएपनी मोटरसाइललाई सामान्य ठक्कर दिदा मोटरसाइकल चालक पनी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!