२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अनिवार्य अबकाश भएर जान लाग्नुभएका डिआईजी ध्रुवराज राउतको एआईजी टेकबहादुर तामाङद्वारा बिदाई,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतलाई प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले “मायाको चिनो प्रदान गरी” बिदाई गर्नुभएको छ ।


बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कमर्ठ सिपाहीको रुपमा संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्नु भएकोमा प्रहरी नायव महानिरीक्षक राउतलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।

सेवा निवृत हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले आफ्‍नो अनुभव सहितको मन्तब्य व्यक्त गर्दै प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनको उद्देश्य पुरा गर्नको निम्ति योगदान गरेको स्मरण गर्दै अवकाश पश्चात पनि नेपाल प्रहरी संगठनले महशुस गरेको हरेक समयमा सल्लाह, सुझाव र सहकार्यमा निरन्तरता दिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]