२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मन्त्रीपरिषदले एआईजी दीपक थापालाई नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

 

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।

विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् ।

प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन । एआईजी भएपछि थापाले उपत्यका प्रहरी कार्यालयको प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख र प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई कार्यसम्पादन गरेका छन् ।

थापा प्रशासन विभागमा हुँदा कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृत समेत भएका थिए । थापाले नै हाल चर्चामा रहेको नुवाकोटस्थित शेरा दरवारक्षेत्रले ओगटेको १ सय ६४ रोपनी जग्गाको अनुसन्धान गरेका थिए ।

थापासँग डीआईजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख र एसएसपीमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख भएर काम गरेको अनुभव छ ।

त्यसैगरी एसपी पदमा रहँदा जिल्ला प्रहरी कार्यालय, चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख भएर कुशलतापूर्वक काम सम्पन्न गरेको अनुभव बोकेका थापासँग डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय, खोटाङ प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुख भएर काम गरेको अनुभव छ ।

त्यस्तै थापा ११ वर्षसम्मम इन्स्पेक्टर पदमा रहँदा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) लगायत २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुन् ।

थापा प्रहरी संगठनभित्रको कमाण्डिङ क्षमतामा अब्बल मात्र नभई प्रभावशाली छवि भएका अफिसर हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!