२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अवकाश प्राप्त आईजीपी बसन्त बहादुर कुँवरको एआईजिपी दिपक थापाले बिदाई गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

 

काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे ।
कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा अवधि पुरा गरेर घर फर्किएका हुन् ।

उनीसँगै अतिरिक्त महानिरीक्षकहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका पनि अनिवार्य अवकाशमा गएका हुन् । उनीहरुलाई पनि नवनियुक्त आईजीपीले मायाको चिनो प्रदान गरेर बिदाई गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै निवर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गरे ।

उनले प्रहरी सेवाबाट निवृत्त हुँदै सामाजिक जीवनमा प्रवेश गर्ने यस क्षणमा संगठनले प्रदान गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गरे ।

साथै, नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँलाई सफल कार्यकालको शुभकामना दिए ।

समारोहमा कुँवरले आफ्नो कार्यकालमा भएका उल्लेखनीय उपलब्धिहरू समेटिएको प्रतिवेदन दिपक थापालाई हस्तान्तरण गरे । त्यसक्रममा नवनियुक्त आईजीपी थापाले निवर्तमान प्रहरी अधिकृतहरूको योगदानको प्रशंसा गर्दै नेपाल प्रहरीको श्रीवृद्धिमा उहाँहरूको भूमिकाले महत्वपूर्ण टेवा पुगेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।