२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अनिवार्य अवकास आईजिपी कुँवरसहित एआईजी र डिआईजीहरूको एकसाथमा बिदाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

 

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरूलाई बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामनासहित उनीहरूको बिदाइ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी संगठनको सक्रिय भूमिकाबाट बिदाइ हुँदै सामाजिक जीवनमा प्रवेश गर्न लागेको यस क्षणमा बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाप्रति आभार प्रकट गरे ।

बिदाइ समारोह संगठनको संस्कृति र परम्पराको निरन्तरता मात्र नभई हामी बीचको आपसी आत्मीयता, भातृत्वभाव र एकता अभिवृद्धि गराउने अवसरको रूपमा लिएको उल्लेख गर्दै व्यावसायिक रूपमा बिदाइ भएता पनि संगठनको हित र वृद्धिको लागि समर्पित रहने प्रतिवद्धता उनले व्यक्त गरे ।

कुँवरले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै व्यावसायिक, दूरदर्शी, निष्ठावान र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे ।

समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्त्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापालाई हस्तान्तरण गरे ।

साथै नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विभिन्न आरोह अवरोहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई समेत बिदाइ गरियो । उनलाई श्रीमती रूपा थापाले सम्मान गरे ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै सेवा निवृत्त हुन लागेका प्रहरी वरिष्ठ अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!