०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
×

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो

काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो।

यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्।

जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित गरिएको बताएको छ।

इजरायलले विगत दुई हप्तादेखि गाजामा खाद्यान्न, औषधि, इन्धन र अन्य आपूर्तिको प्रवाह रोकेको छ।

हमासलाई युद्धविराम सम्झौतामा परिवर्तनहरू स्वीकार गर्न माग गरेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलमार्ग पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी […]

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपालले । आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको हो।

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै नेपाल प्रहरी ।आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाल प्रहरीले कवाज प्रदर्शन गरेको हो।