०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

डडेल्धुरामा छोराहरु नभए पछी आमाको काज किरियामा छोरीहरू

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

डडेल्धुरा । परशुराम नगरपालिका –६ कि राधादेवी खड्काको यही चैत १ गते मृत्यु भयो । अपाङ्गता भएका श्रीमान् ७९ वर्षीय खडक सिंहले किरिया गर्न सक्नु भएन । मृतक राधा देवीका छोराहरू छैनन्, कान्छी छोरी रोहिताले आमाले मृत्यु भन्दा अघि आफूहरूलाई किरिया बस्नु भन्नु भएकोले चार दिदी बहिनीमध्ये तीन जना किरियामा बसेको बताउनुभयो । आफूसँगै बाजे तर्फका एक जना दाइ पनि किरियामा बस्नु भएको रोहिताले बताउनुभयो ।
जेठी दिदी विर्मा महिनावारी भएका कारण किरियामा बस्नुभएको छैन भने बाँकी मानमती कार्की, रोहिता कठायत र दुरा थापा तीनै जना किरियामा बस्नुभएको छ । सबै विवाहिता हुन । आमा बिरामी भएपछि चारै दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए ।

त्यहाँ दश दान सकेर उनीहरू घरतर्फ लागेका थिए । घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाएपछि उनीहरू माइतीघर पुगेर किरियामा बसेका हुन् ।

खड्क सिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्ष दिन नपुगेकोले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफै पनि किरियाका लागि तयार भइसकेका थियौँ,’ रोहिताले भन्नुभयो  ‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि आएन । ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भन्नुभयो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्। तर प्रकाश […]

काठमाडौं । युएई इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले बताएको छ। नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार समेत प्रकट गरेको छ। मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन्। गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो। त्यहाँको सरकारले यसअघि पनि विशेष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ। दाङ उपत्यका देउखुरी मा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन। प्रहरीलाई हस्तान्तरण गरिएको […]

error: Content is protected !!