२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आईजीपी दिपक थापाले आज नेपाल प्रहरी प्रधान कार्यालय,नक्सालमा पदभार ग्रहण गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

काठमाडौं । प्रहरी संगठनको नेतृत्व सम्हाल्दै उनले मुलुकको कानून व्यवस्था, शान्ति सुरक्षा, र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा थापालाई नेपाल प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। स्वागत समारोहमा प्रहरी उच्च अधिकारीहरू, विभागीय प्रमुखहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। आईजीपी थापाले पदभार ग्रहणपछि विभिन्न निर्देशनात्मक सुझावहरू दिँदै प्रहरी संगठनलाई थप व्यावसायिक र उत्तरदायी बनाउने आफ्नो लक्ष्य स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।