२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

नेपालमा पहिलो दलित महिला बाँके जिल्ला न्यायाधीशमा

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता बाँके पुस ५ नेपालगन्जमा दलित समुदायबाट नेपालमै पहिलो महिला जिल्ला न्यायाधीशको ओहोदामा पुग्न सफल मनकुमारी जीएम विकको भनाइ हो यो । सङ्घर्षका निकै खुड्किला पार गर्दै उनी यो स्थानसम्म आइपुगेकी हुन् । उनले प्रदेश ५ को बाँके जिल्ला अदालतमा न्यायाधीशको भूमिका पाएकी छन् ।
कञ्चनपुरको तत्कालीन कालिका गाउँपालिका–१ अंशुवर्मा टोलमा पिता बलबहादुर विक र माता गीतादेवी विकको कोखबाट २०३४ साल फागुन ६ गते जन्मिएकी मनकुमारी जीएम विक गत मङ्सिर १७ गते न्याय परिषद्बाट बाँकेको जिल्ला न्यायाधीशमा सिफारिस भई मङ्सिर २५ गते बुधबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य तथा अधिवक्ता मोहन शाह शंकर उनका पति हुन् । मोहत्तरी जिल्लाको गौशला नगरपालिका–१ रामनगरका विकसँग मागी विवाह गरेकी विकले प्रोफेसर डाक्टर युवराज सङ्ग्रौलालाई कर्म दिने पिता मान्छिन् ।
यो पनि पढ्नुस …
केटरी बोहरा आफू निरक्षर हुनुहुन्छ, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुभएको छ । बैतडीको पाटन नगरपालिका–७, कैलपाल की केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ ।
निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिनुभयो । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्नुहुन्छ– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् ।
श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे ।’गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो ।
केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो । दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुन्नुभयो । सपनाको गाँठो फुकाउँदै केटरीले भन्नुभयो, – ‘ओढारमा १० वटा भैंसी पाले ।
त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । छोरो अहिले शिक्षक बनेको छ ।’ उनै केटरी बोहराले घिउ बेचेर पढाएको जेठोछोरा हरिश बोहरा अहिले मास्टर डिग्री गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्छ ।
आमाको मेहनतले आफु अहिले एक कुशल शिक्षक बन्न पाउँदा भाग्यमानी ठानेको शेरसिंंह बोहरा बताउनुहुन्छ ।शेरसिंह बोहराले भन्नुभयो, – म भन्दा कान्छो भाइ खड्कसिंह बोहराले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टरडिग्री सकेर घर आएको छ ।
मैले नेपालीमा मास्टरडिग्री गरे, भाइले अंग्रेजी विषयमा पढाई पूरा गरेको छ ।केटरी बोहराका दुई छोरा र दुई छोरी छन् । छोरीहरुलाई पनि कक्षा ८ सम्म पढाएर पराईघर दिएको पनि एक दशक भईसकेको केटरी बोहरा बताउनुहुन्छ । त्यो बेला छोरीहरुलाई चाँडै विवाह गरेर दिने चलन थियो ।
कक्षा ८ मा पढ्दा पढ्दै छोरी लक्ष्मीको विवाह भयो ।आमाले दुःख गरेर भैंसी पाल्ने ओढारमा जन्मनु भएका शेरसिंह बोहरा अहिले शिक्षाको ज्योति फैलाईरहनु भएको छ । केटरीको गाउँमा अहिले मास्टरडिग्री गरेका मात्र होईनन्, थुप्रै डाक्टर, ईन्जिनियर छन् । त्यो बेला केटरी बोहरा श्रीमानलाई चिठ्ठी लेख्न गाउँ भौतारिनु पर्दथ्यो ।
केटरी बोहरा गाउँका धेरै मेहनती आमा मध्ये एक उदाहरणी आमा रहेको भतिजा कलम बोहरा बताउनुहुन्छ।कमल बोहरा भन्नुहुन्छ –‘काकीले अहिलेसम्म त्यो ओढार छोड्नु भएको छैन । अब त आरामा गर्नुस् भन्दा त्यो ओढार सफलताको सिंढी हो भन्नुहुन्छ। अहिले पनि ओढारमा चार वटा भैंसी पालेर भकारो सोहर्नुहुन्छ ।’
निरक्षर काकीको जोश जाँगरले घर परिवार र छिमेकीका सबैले पढाईको महत्व बुझेको कमल बोहरा बताउनुहुन्छ । राजनीतिमा सक्रिय कमल बोहरा युवा उद्यमी पनि हुनुहुन्छ ।बोहरा भन्नुहुन्छ ‘काकीको जेठो छोरा शेरसिंह गाउँको मास्टर हुनुहुन्छ । मेरो आफ्न्र कान्छो भाइ ईन्जिनियर छ ।काकी हाम्रो पनि शिक्षाको प्रेरणाको स्रोत हुनुहुन्छ।’
ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुहुने मेहनती आमाको कथामा भएका स्थानीय रैथाने जातका भैंसी अहिले लोप हुने अवस्थामा पुगेका छन् । भैंसीमा देखा परेको खरी रोगले बैतडीमा रहेका ५० हजार भैंसी संकटमा परेको पशु सेवा विज्ञ केन्द्र बैतडीले जानकारी दिएको छ ।
भैंसीमा खरी रोग लाग्ने बित्तिकै किसानले भैंसी तस्करलाई सस्तो मूल्यमा मासु प्रयोजनका लागि भैंसी बिक्रि गर्न थालेपछि बैतडीका रैथाने भैंसी संकटमा परेका छन् । मेहनती आमाहरुसंगै भैंसी पनि हराउने अवस्थामा पुगेकोले भैंसीपालक किसानलाई सरकारले प्रोत्साहन गर्न भैंसीमा देखा परेको खरी रोगको उपचार हुनुपर्ने भैंसी पालक किसानले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]