२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

छापा मार्ने क्रममा मःम बनाउने कारखानाको फ्रिजमा कुकुरको टाउको भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ०६, २०८१

 

काठमाडौं । नयाँ दिल्ली भारत पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ ।

उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा. अमृत वारिङले बताए । वितरणको लागि मःम र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो कि थिएन भनेर अनुसन्धान भइरहेको बताइएको छ । मासु  परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ । मोमोज, स्प्रिङ रोल र चटनीको नमुना पनि पठाइएको छ ।
घटनास्थलमा जमेको टुक्रा मासु र क्रसर मेसिन भेटिएको थियो । आइतबार प्रशासनलाई यस विषयमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूको गुनासोपछि आइतबार र सोमबार मोहाली जिल्ला स्वास्थ्य अधिकारी (डीएचओ)ले मटौर (मोहाली) र वरपरका क्षेत्रहरूमा कारबाही गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले भिडियोमा देखाइएका दुई स्थलहरूको भ्रमण गरेका थिए । त्यहाँ सडेको तरकारी, अस्वस्थकर फास्ट फूड र पकाएको खाना फेला पारिएको बताइएको छ । यस सम्बन्धमा विस्तृत प्रतिवेदन पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । यसबाहेक, दर्ता नभएका विक्रेताहरूविरुद्ध कानुनी कारबाही भइरहेको छ ।

कारखाना सञ्चालन गर्ने विक्रेताहरू नेपालको भएको भनिएपनि नाम खुलाइएको छैन । छापा मारिएको समयमा स्थानीय मानिसहरू घटनास्थलमा भेला भएका थिए । यसैबीच कारखानाका कामदारहरूले भने फेला परेको टाउको मःम बनाउन प्रयोग नभएको तर उनीहरूले खाने जनावरको मासु भएको दाबी गरेका छन् ।  एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!