२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक बाँकेका वरिष्ठ सइ प्रविण आचार्यलाई नगदसहित पुरस्कृत,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ०६, २०८१

प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक बाँकेका वरिष्ठ सइ प्रविण आचार्यलाई नगदसहित पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेको भन्दै प्रहरी प्रधान कार्यालयले आचार्यलाई नगदसहित पुरस्कृत गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक आचार्यले आफूले पाएको जिम्मेवारी नेपाल प्रहरीको नीति र निर्देशनलाई कर्तब्यनिष्ठ र अनुशासित भई जिम्मेवारी पूरा गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ । ‘नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेका प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपालगञ्जको अब्यवस्थित ट्राफिक ब्यवस्थापनलाई आचार्यले ब्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । उनले ट्राफिक ब्यवस्थापन सँगै ट्राफिक लाइट, लेन अनुशासन, जेब्रा क्रसिङ लगायतका सचेतना समेत दिँदै आएका छन् । बाँकेको ट्राफिक ब्यवस्थापनमा सक्रिय भएर लागेका उनी विद्यार्थीलाई समेत ट्राफिक नियमको बारेमा जानकारी दिँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी बरिष्ठ नायव निरीक्षकलाई यस वर्ष पुरस्कृत गरेकोमा आचार्य पनि पुरस्कृत भएका हुन् । उनले गरेको कार्यको मुल्यांकन गरि पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीको कार्य सम्पादन स्तरमा समेत प्रभाव पर्न गई प्रहरी मनोवल उच्च विषयलाई दृष्टिगत गरि प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय भएको छ,’ प्रहरी प्रधान कार्यालयले सम्प्रेषण गरेको पत्रमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी), दुई जना प्रहरी नायव उपरीक्षक (डिएसपी), एक जना प्रहरी निरीक्षक, पाँच जना नायव निरीक्षक (सई), तीन जना प्रहरी सहायक निरीक्षक (असई), आठ जना प्रहरी हवल्दार, १६ जा प्रहरी सहायक हवल्दार, तीन जना प्रहरी जवान र आठ जना प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत गरेकोमा हर्षित भएको आचार्यले बताए । उनले पुरस्कारले थप हौसला बढाएको बताउँदै थप जिम्मेवारी समेत बढाएको बताए । ‘प्रहरी प्रधान कार्यालयबाट पुरस्कृत भएकोमा हर्षित भएको छु, थप जिम्मेवार र कर्तब्यनिष्ठ भएर काम गर्ने जिम्मेवारी पनि थपेको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!