२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मकवानपुर कारागारबाट ६ जना कैदीबन्दीले यसवर्षको एसईई परीक्षा दिए

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र ०७, २०८१

मकवानपुर । ७ हजारबढी विद्यार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार आजबाट सुरु भएको एसईई परीक्षामा जिल्लाका सामुदायिक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जाएका हुन् ।

उनका अनुसार ग्रेडबृद्धिका लागि साधारणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिएका छन् । भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार एसईई परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदीले एसईई परीक्षामा सहभागिता जनाएका हुन् ।

कारागारका जेलर तिर्थराज पौडेलले एसईई परीक्षमा भीमफेदी कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जनाले परीक्षा दिन लागेका हुन् ।

उनका अनुसार कैदीबन्दीहरुले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविबाट एसईई परीक्षाको लागि फाराम भरेको र परीक्षा भने कारागार भित्रैबाट दिने व्यवस्था गरिएको छ ।

जिल्लामा यसवर्ष गत वर्षभन्दा २ वटा परीक्षा केन्द्र थप गरी २८ वटा परीक्षा केन्द्र पुर्‍याइएको छ । गत वर्ष मकवानपुरमा २६ वटा मात्रै परीक्षा केन्द्र रहेका थिए । जिल्लाको कैलाश गाउँपालिकामा पहिलोपटक नामटारस्थित कालिका माविमा परीक्षा केन्द्र तोकिएको छ भने  हेटौँडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए ।

एसईई परीक्षा सञ्चालनका लागि जिल्लामा २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!