२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

पैसाको प्रलोभनमा बालिकालाई वेश्यावृत्ती काममा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र ०८, २०८१

काठमाडौं । बालिकालाई जबरजस्ती वेश्यावृत्तीको काममा लगाएको अभियोगमा प्रहरीले काठमाडौंको बालाजुबाट एक गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१६ बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकलाई मंगलबार बेलुका पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

उक्त गेष्ट हाउसका सञ्चालक गोरखा पालुङटार नगरपालिका-६ घर भएका ४५ वर्षीय शम्भु लाल मल्ललाई पक्राउ गरिएको व्युरोको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले केटिएम दैनिकलाई बताए ।

मल्लले आर्थिक लाभ/फाइदा लिई बालिकाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उक्त गेष्टहाउसबाट २ जना बालिकाहरुको उद्दार गरेको छ ।

उद्दार गरिएका बालिकाहरूलाई सुरक्षित आवासको लागि सेल्टरहोममा पठाईएको व्युरोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पक्राउ परेका मल्ललाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चैत ४ गतेबाट लागूहुने गरी पहिलोपटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी कुँवरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]