२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धनुषामा तस्करी गरेको समान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र ०८, २०८१

 

धनुषा । मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो ।

प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए ।

त्यसपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]