२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शनिबार तपाईंहरुको राशिफल

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

मेष -आजको दिन उत्साहजनक रहनेछ। व्यवसायिक काममा लाभ प्राप्त हुनेछ। पारिवारिक सुखमा वृद्धि हुनेछ भने साथीभाइको सहयोगले तपाईंको आत्मबल बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउनेछ। स्वास्थ्यमा सुधार हुनेछ, तर खानपानमा ध्यान दिनुहोस्। यात्राका लागि पनि अनुकूल समय रहेको छ।

वृष -पुराना समस्याहरू हल हुने संकेत छन्। लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नेछन्। धनलाभको सम्भावना देखिन्छ, विशेष गरी व्यापारी वर्गका लागि शुभ दिन हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ, तर केही भावनात्मक द्वन्द्व पनि उत्पन्न हुन सक्छ। ध्यान र साधना गरेमा मानसिक शान्ति प्राप्त हुनेछ।

मिथुन -नयाँ अवसरहरू प्राप्त हुने समय हो। पढाइ, लेखन वा बौद्धिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ। दाम्पत्य जीवनमा सामञ्जस्य बढ्नेछ। कार्यक्षेत्रमा बढुवा वा पुरस्कारको सम्भावना छ। तर, आज कुनै ठूला निर्णय गर्दा अनुभवी व्यक्तिसँग सल्लाह लिनु राम्रो हुनेछ।

कर्कट-थोरै मानसिक तनाव रहन सक्छ, तर परिवारको साथले राहत मिल्नेछ। व्यवसायमा मन्दी भए पनि नयाँ अवसरहरू खोज्ने समय हो। घरायसी खर्च बढ्ने सम्भावना छ। कसैलाई पैसा ऋण दिनुपरेमा होसियारी अपनाउनुहोस्। धार्मिक कार्यहरूमा मन जानेछ र पुण्य लाभ हुनेछ।

सिंह -आजको दिन सफलता दिनेछ। बौद्धिक कार्यमा मन जानेछ। उच्च अधिकारी वा सम्मानित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। धनागमनको राम्रो सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ, तर यात्रामा सावधानी अपनाउनुहोस्। प्रेम सम्बन्ध सुदृढ हुनेछ।

कन्या -अचानक धन प्राप्तिको योग छ। पारिवारिक सहयोग मिल्नेछ। अध्ययनरत विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गर्न सक्छन्। कुनै नयाँ कार्यको सुरुवात गर्न अनुकूल समय हो। प्रेम सम्बन्धमा नयाँपन आउनेछ। आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

तुला -सामाजिक क्षेत्र वा सार्वजनिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। प्रेम सम्बन्धमा केही असमझदारी उत्पन्न हुनसक्छ, धैर्य राख्नुहोस्। धनको उचित व्यवस्थापन गर्न आवश्यक छ।

वृश्चिक -स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा खुसीयालीको वातावरण रहनेछ। दाम्पत्य सम्बन्धमा विश्वास बढ्नेछ। पुरानो समस्या हल हुनसक्छ। आजको दिन धार्मिक कार्यहरूमा समय बिताउन सक्नुहुन्छ। व्यापारमा लाभ हुने सम्भावना छ।

धनु -आजको दिन मिश्रित फल दिनेछ। धन खर्च बढ्ने सम्भावना छ, तर परिश्रम अनुसार लाभ हुनेछ। करियरमा सुधार देखिनेछ। प्रेम सम्बन्धमा सानातिना कुरामा असमझदारी बढ्न सक्छ, संयम अपनाउनुहोस्। लामो दूरीको यात्राको सम्भावना छ।

मकर -काममा मन नलाग्न सक्छ, तर आत्मबल बढाएर अघि बढ्नुभयो भने सफलता निश्चित छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। अध्ययन गर्नेहरूका लागि राम्रो समय छ। अनावश्यक विवादबाट टाढा रहनुहोला।

कुम्भ -नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापार व्यवसायमा नयाँ लगानीका सम्भावना छन्। मित्र तथा परिवारबाट सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ। सरकारी कार्यहरू सफल हुनेछन्। यात्राका अवसर मिल्नेछन्।

मीन -सकारात्मक परिवर्तन देखिने दिन हो। व्यापार, व्यवसायमा राम्रो सफलता मिल्नेछ। मनमा प्रसन्नता बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा रोमान्स बढ्नेछ। शुभ समाचार प्राप्त हुनसक्छ।

माधवा शर्मा ।
ज्योतिषाचार्य एवं वास्तु विद् ।

सचिव -नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!