०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

१६ क्विन्टल बढी गाँजासहित २ वटा ट्रक र २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले  १६ क्विन्टल ३६ किलो गाँजासहित दुई वट ट्रक  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा  धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलामको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत रहेका छन् ।

शुक्रबार राति ईलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय  र नं. २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीहरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाइल समेत बरामद भएको जानकारी दिएको छ। बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरीस्थित गढवा गाउँपालिका – १, बनघुस्रीका मधुसूदन केसी आफ्ना जग्गाको कागजपत्र सहित पत्रकारमाझ प्रस्तुत भएका छन् । आफूमाथि अनर्गल किसिमका भ्रम फैलाएर चरित्र हत्या गरिएको भन्दै सोही ठाउँ बस्ने आफूलाई सामाजिक अभियन्ता बताउने सन्देश भण्डारी क्षेत्री विरुद्ध न्यायिक लडाइँ लड्ने बताएका छन् । आफ्ना विरुद्धमा सन्देशले विभिन्न सामाजिक सञ्जाल फेसबूकका माध्यमबाट झूटो, गलत […]

जनकपुरघाम । प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको छ । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा व्यापारी राजीव महासेठले आफूसहित अन्य व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको […]

बाँके । नेपाल भारत सीमास्थित जमुनाह नाकामा सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधान कडाइका साथ कार्यान्वयन हुन थालेपछि नेपाली ग्राहकहरू सीमापार किनमेल गर्न हच्किएका छन् । यसको प्रत्यक्ष असर भारतीय सीमावर्ती बजार रुपैडिया मा देखिएको छ, जहाँ पछिल्ला केही दिनयता व्यापार उल्लेख्य रूपमा घट्दै बजार सुनसानजस्तै बन्न थालेको छ । सरकारले […]

error: Content is protected !!