२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीका इन्स्पेक्टर शंकर श्रेष्ठ फागुन महिनाको पुलिस अफ द मन्थ’ घोषित

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । नगर प्रहरी कार्यालय काठमाडौं, भृकुटिमण्डपमा कार्यरत प्रहरी निरीक्षक शंकर श्रेष्ठ फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले लगनशील, कर्तव्यनिष्ठ एंव प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरे भन्दै इन्स्पेक्टर श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।

काठमाडौं प्रहरीका प्रमुख तथा एसएसपी विश्व अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरे ।‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा तपाईले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल फाल्गुण महिनाको ‘पुलिस अफ द मन्थ’को रुपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ,’ प्रशंसा पत्रमा उल्लेख छ ।साथै आगामी दिनमा काठमाडौं जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!