२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

नेपाल प्रहरीका इन्स्पेक्टर शंकर श्रेष्ठ फागुन महिनाको पुलिस अफ द मन्थ’ घोषित

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । नगर प्रहरी कार्यालय काठमाडौं, भृकुटिमण्डपमा कार्यरत प्रहरी निरीक्षक शंकर श्रेष्ठ फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले लगनशील, कर्तव्यनिष्ठ एंव प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरे भन्दै इन्स्पेक्टर श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।

काठमाडौं प्रहरीका प्रमुख तथा एसएसपी विश्व अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरे ।‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा तपाईले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल फाल्गुण महिनाको ‘पुलिस अफ द मन्थ’को रुपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ,’ प्रशंसा पत्रमा उल्लेख छ ।साथै आगामी दिनमा काठमाडौं जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!