२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

महानिरीक्षक कप २०८१ को रनिङ्ग ट्रफी सुदूरपश्चिमको बाहिनीले जित्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ। ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो।

त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो भएको छ भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण, ७ सजत र ८ कास्यसहित तृतीय भएको छ।

२०८१ चैत ८ गते शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिताको समापन गर्नुकासाथै बिजयी टिम, खेलालीहरुलाई ट्रफी, मेडल प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरे।

समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिमा सामूहिक भावनाको विकास गर्नुको साथै अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

समापन समारोहमा भएको फुटबल प्रतियोगितामा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गरी प्रथम भएको छ।

नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत ३ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरु समावेश गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!