२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

महानिरीक्षक कप २०८१ को रनिङ्ग ट्रफी सुदूरपश्चिमको बाहिनीले जित्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ। ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो।

त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो भएको छ भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण, ७ सजत र ८ कास्यसहित तृतीय भएको छ।

२०८१ चैत ८ गते शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिताको समापन गर्नुकासाथै बिजयी टिम, खेलालीहरुलाई ट्रफी, मेडल प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरे।

समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिमा सामूहिक भावनाको विकास गर्नुको साथै अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

समापन समारोहमा भएको फुटबल प्रतियोगितामा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गरी प्रथम भएको छ।

नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत ३ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरु समावेश गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]