२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

दाङमा गएराति २ बजे देखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

 

दाङ । घोराही उपमहानगरपालिका ९ खैरा स्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजे देखि सुरु भएको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसै बीच आगो नियन्त्रणकालागि बाहिरी जिल्लाबाट मगाईएका दमकल दाङ पुगेका छन् । कपिलबस्तु र नेपालगञ्जबाट दमकल आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार दाङका दुई वटा र बाहिरी जिल्लाबाट आएका दुई वटा दमकल प्रयोगमा आएका छन् । आगो नियन्त्रणको प्रयास जारी छ । बस्तिमा आगो नजाओस्, भनेर दमकलले स्काभेटरले आगो लागेको ठाउँको धुम्को फुटाईएको छ । कम्पाउन्ड पनि भएकाले बाहिरी आगो जान सक्ने अबस्था भने टरेको उनको भनाई छ । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!