२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके कोहलपुर प्रहरीले हराएको मोटरसाईकल सम्बन्धित सवारी धनिलाई जिम्मा लगायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

बाँके । कोहलपुर २०८१ साल साउन महिनामा जिल्ला बर्दिया बाँसगढी न.पा. ०९ माछागढ स्थित हुमलाल वलीको आफ्नै घरबाट रातिको समयमा चोरी भइ हराएको भे २ प ५२३० नम्बर प्लेट भएको Honda Shine मोटरसाइकल चेक जाँच को क्रममा भेटि सुरक्षित साथ यस कार्यालयमा ल्याई राखिएकोमा आज मिति २०८१।१२।१० गते सम्बन्धीत मोटरसाइकल धनिले स-प्रमाण सहित सम्पर्क गर्न आएकाले उक्त मोटरसाइकल सम्बन्धित धनिलाइ बुझाइएको छ ।

साथै विभिन्न मितिमा फेला परेका मोटरसाईकलहरुको विवरण यस कार्यालयको आधिकारीक फेसबुक पेजमा राखिएको छ सो विवरण हेरी आफ्नो मोटरसाइकल भएमा स-प्रमाण सहित सम्पर्क राख्न हुन अनुरोध गरेको ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]