२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीमा रिक्त ६ एआईजीको बढुवासँगै डीआईजी बढुवाका लागि एसएसपीहरुको दौडधुप सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

काठमाडौं । चैत ४ मा तत्कालीन आईजी वसन्तबहादुर कुँवरसहित अवकाश भएपछि रिक्त ६ एआईजी पदमा बढुवा हुँदा १० डीआईजी पद खाली रहनेछ। हालै ४ पद रिक्त छन्, जसलाई थप ६ पदले प्रतिस्थापन गर्नुपर्नेछ।

डीआईजी बढुवाका लागि योग्यता पुगेका एसएसपीको संख्या २१ छ। तीमध्ये २०७९ असार २५ मा बढुवा भएका ६ जना र २०८० वैशाख २४ मा बढुवा भएका १५ जनामध्ये १० जनाको छनोट हुनेछ। २०७९ मा एसएसपी बनेकामध्ये अधिकांश डीआईजी भइसकेका छन् भने केही अवकाश भइसकेका छन्।

डीआईजीका मुख्य दाबेदारहरू…

राष्ट्रिय अनुसन्धान विभाग (राअ) बाट सेवा परिवर्तन गरी नेपाल प्रहरीमा प्रवेश गरेकामध्ये माधवप्रसाद श्रेष्ठ (बुटवल तालिम केन्द्र), अख्तियारका ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, र विमल बस्नेत डीआईजी बढुवाका लागि प्रमुख प्रतिस्पर्धी मानिन्छन्। यस्तै, भर्ना मिति २०५४ चैत १८ भएका नेपाल प्रहरीको १११ टोलीका सुदर्शनप्रसाद कोइराला र दीपक रेग्मी पनि बढुवायोग्य अधिकृत हुन्।

बढुवाका लागि प्रमुख प्रतिस्पर्धी एसएसपीहरू…

२०८० वैशाख २४ को बढुवामा विश्व अधिकारी पहिलो वरीयतामा छन्। सोही सूचीमा रहेका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, र दीपसमशेर जबरा पनि डीआईजी बढुवाका लागि प्रतिस्पर्धी हुन्। त्यस्तै, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, र प्रज्वल महर्जन डीआईजी बन्ने योग्यताका अधिकारी हुन्।

हाल जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख सोमेन्द्रसिंह राठौर डीआईजी बढुवाका लागि अग्रस्थानमा छन्। अधिकारी २०५५ कात्तिक १ मा भर्ना भएका हुन् भने अन्य अधिकांश २०५६ असार ३ को भर्ना मितिका छन्।

यस्तै, एसएसपी बढुवाको दोस्रो सूचीका वसन्त रजौरे पनि डीआईजी बढुवाका लागि प्रयासरत छन्। उनी २०८० कात्तिक २४ मा एसएसपी बढुवा भएका थिए, तर उनलाई पछि बढुवा हुने सम्भावना देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]