२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बाँके ट्राफिकले मोडिफाई गरेको ठूलो आवाज निकाल्ने ३२ वटा मोटरसाइकल कारवाहीमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

 

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले वास्तविक बनावटलाई परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएर कारवाही गर्ने अभियान थालेको छ । मोटरसाइकलको वास्तविक साइलेन्सर परिवर्तन गरेर ठूलो आवाजमा मोटरसाइकल चलाउँदा धोनी प्रदुषण भएको गुनासो आएपछि त्यस्ता मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया थालिएको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले बताए ।

उनले अहिलेसम्म ठूलो आवाज निकाल्ने ३२ वटा मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही गरिएको बताए । ’मोटरसाइकलको वास्तविक साइलेन्सरलाई परिवर्तन गरेर सहर नै थर्काउने गरि चलाउने, आतंक मच्चाउने, त्रसित बनाउने र ध्वनी प्रदुषण गरेको जनगुनासो आएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिने अभियान थालेको छ,’ उनले भने ।

उनले बनावट परिवर्तन गरेका मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको जानकारी दिए । ’मोटरसाइकलको वास्तविक रंगलाई तोडमरोड गरेर अनौठो खालको बनाएका मोटरसाइकललाई समेत नियन्त्रणमा लिएका छौ,’ उनले भने, ’आतंक मच्चाउने कोहि पनि उन्मुक्ति पाउने छैन ।’

ट्राफिक व्यवस्थापनका लागि बाँके ट्राफिक प्रहरी तदारुकताका साथ लागेको उनको भनाइ छ । ’ट्राफिक व्यवस्थापन गरि दुर्घटना न्युनीकरण गर्ने हाम्रो अभियान हो,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!