२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बिरगंजमा सशस्त्र प्रहरीले एक युवकलाई श्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

 

पर्सा । वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार कार्यालय अगाडि बीआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ।
रक्सौलबाट वीरगन्ज आउँदै गरेको अवस्थामा साहको साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिए।

बरामद रकमको स्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!