२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बुधबार तपाईहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित बुधबार, चैत्र १३, २०८१

मेष : आज तपाईंको दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा गरेको काम सफल बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल गर्नुपर्नेछ।

वृष : तपाईंको बोलीकै कारण राम्रो काम बन्नेछ। आफ्नो कुरा राख्ने हिम्मत गर्नुपर्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मिथुन : दिन मध्यम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कर्कट : परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथी र परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तपाईंलाई कमजोर पार्ने समूह सक्रिय हुनसक्छ।

सिंह : दिन सामान्य छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको बोझ बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर रहेको छ।

कन्या : दिन राम्रो छ। कृषिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने ठगको पञ्जामा पर्ने जोखिम भएकाले सचेत बन्नुपर्नेछ।

तुला : दिन सामान्य राम्रो छ। बौद्धिक व्यक्तिसँग मानसिक टकराब बढ्नेछ। विवाद हुने स्थितिमा कम बोल्नु फाइदा हुनेछ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यले काम सफल बन्नेछ। शेयरको लगानीबाट नाफा हुनेछ। बैंकको कारोबारमा संलग्न भए राम्रो लाभ हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्दा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। काममा उत्साह बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीबाट सचेत बन्नुपर्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। गुरुबाट सन्तोषजनक सुझाव प्राप्त नहुँदा मन खिन्न हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

मीन : दिन राम्रो छ। बाहिरको खानपिनबाट जोगिनु पर्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा काम सफल बन्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। आम्दानीका स्रोत बढ्दा मन शान्त बन्नेछ।

माधवा शर्मा ज्योतिषाचार्य एवं वास्तु विद् ।

सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश । 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]