२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र स्कुल बस आपसमा ठोक्किँदा विद्यार्थीसहित २० जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १३, २०८१

 

नवलपरासी । बर्दघाट नगरपालिका वडा नं. २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडि सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको छ।

नवलपरासी सुस्ता गाउँपालिका निवासी प्राविधिक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकल अचानक सडक पार गर्दा ग २ ख १५७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई सडक किनारमा रोकेर विद्यार्थी चढाइरहेको बर्दघाट नगरपालिका वडा नं. १२ भुताहस्थित ग्लोबल एकेडेमीको लु १ ख ८७० नम्बरको स्कुल बसलाई ठक्कर दिएको थियो।

दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएका छन्। स्थानीयबासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।