२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सातै प्रदेशका मुख्यमन्त्री तथा प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट कसले हाल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १३, २०८१

 

काठमाडौं । आर्थिक अनुशासन उल्लंघन गर्दै मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई दोहोरो सुविधा दिइएको भन्दै अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गरेका हुन्।

ललितपुर महानगरपालिका-१८ र २५, भैंसेपाटीस्थित २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा अत्यधिक विलाशी आवास निर्माण गरिएको छ। जसका लागि ८५ करोडभन्दा बढी खर्च भएको छ। उक्त आवासमा ७ भवनका १४ ब्लक छन्, जसमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका निवास छन्।

उक्त आवासमा कार्यकक्ष, सहयोगी तथा सचिवालयका लागि छुट्टै कोठाहरू व्यवस्था गरिएको छ।

त्यसका साथै, मास्टर बेडरुम, अध्ययन कक्ष, योग कक्ष, फेमिली बैठक कक्ष, पाहुनाका लागि छुट्टै कोठा, भान्सा कोठा, भण्डार कक्ष, आधुनिक फर्निचर, डिजेल जेनेरेटर, ६० हजार लिटर क्षमताको आकाशे पानी सङ्कलन ट्यांकी, १ लाख २७ हजार लिटर क्षमताको भूमिगत पानी ट्यांकी, बगैँचा, पोखरी, भव्य आन्तरिक सडक तथा पार्किङ सुविधा छन्।

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सुविधामा निजी सचिव, कार्यालय सहायक, सुरक्षा गार्ड, चालक, कार्यालय सहयोगी गरी मुख्यमन्त्रीका लागि करिब १०–१२ जना तथा प्रदेश प्रमुखका लागि करिब ८–१० जना कर्मचारी तथा सुरक्षाकर्मी छन्।

रिट निवेदनमा प्रदेश प्रमुखको लागि आवासबाहेकका मासिक खर्च करिब २–३ लाख रुपैयाँ तथा मुख्यमन्त्रीका लागि ३–४ लाख रुपैयाँ हुन सक्ने उल्लेख गरिएको छ।

२०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले संघीय राजधानीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई आवास सुविधा दिने निर्णय गरेको थियो।

तर, उक्त निर्णय नेपालको संविधानको धारा १७१ तथा २३५, सुशासन ऐन, २०६४ को दफा १७, संघ, प्रदेश र स्थानीय तह समन्वय ऐन, २०७७, तथा अन्य कानुनी व्यवस्था विपरीत रहेको दाबी गरिएको छ। उक्त निर्णयले राज्य कोषको चरम दुरुपयोग गरेको भन्दै रिटमा उक्त निर्णय बदर गर्न माग गरिएको छ।

रिटमा सरकारका नाममा दोहोरो सुविधा निषेध गर्न स्पष्ट कानुनी व्यवस्था गर्न, अनावश्यक रूपमा लिइएका आवास सुविधाको वित्तीय अडिट गरी राज्य कोषमा फिर्ता गराउन, आर्थिक अनुशासन कायम गर्न परमादेश जारी गर्न माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर गरिएको रिटमाथि चैत १५ गते पेसी तोकिएको छ।

संघीय कानुनमा स्पष्ट व्यवस्था नहुँदा–नहुँदै मन्त्रिपरिषद्को नीतिगत निर्णयको आधारमा मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई आवास तथा अन्य सुविधा प्रदान गरिएको हुँदा त्यस निर्णय नीतिगत भ्रष्टाचारको परिधिमा पर्ने दाबी गरिएको छ।

यसका साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार राज्य सम्पत्तिमा हानि-नोक्सानी पुर्‍याउने कार्य भ्रष्टाचारको श्रेणीमा पर्ने उल्लेख गरिएको छ।

२०७२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको थियो। तर, २०७५ मा सरकारले नीतिगत निर्णय गर्दै मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई आफ्नो प्रदेशमा आवास सुविधा उपलब्ध गराएको मात्रै नभई संघीय राजधानीमा समेत नियमित आवास सुविधा दिएको भन्दै रिटमा उक्त कार्यलाई गैरकानुनी भनिएको छ।

रिट निवेदनमा दोहोरो सुविधा उपलब्ध गराइनु करदाताको पैसाको अनावश्यक खर्च भएको तथा आर्थिक अनुशासन उल्लङ्घन भएको उल्लेख गरिएको छ।
संविधान तथा संघीय ऐनमा स्पष्ट कानुनी व्यवस्था रहेकाले कानुन विपरीत दोहोरो आवास सुविधा प्रदान गर्ने कुनै कानुनी आधार नरहेको दाबी गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]