२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ईलाका प्रहरी कार्यालय लहानको प्रमुखको जिम्मेवारी डीएसपी हिरेन्द्र रोकायालाई,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १३, २०८१

काठमाडौं । सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ ।

लहानमा कार्यरत विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । रोकाया लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए ।

मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने निर्णय गरिएको थियो । यसअघि सिराहाका प्रजिअ बासुदेव दाहालको पनि जिम्मेवारी खोसेर गृह मन्त्रालय तानिएको थियो ।

सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काएर स्थानान्तरण गरिएको घटना ‘विवादित’ बनेको छ । सो प्रकरणमा गाउँपालिका अध्यक्ष सहित दुई जना थुनामा छन् । तर, लहानको डीएसपी सरुवा सो घटनासँग सम्बन्धित नभएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।