२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरीले ईरिक्सा र मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १४, २०८१

 

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार, मोटरसाइकल चोरेको आरोपमा सुर्खेतका २१ वर्षीय पवन पाण्डे, नेपालगन्जका २० वर्षीय अमिर ढापाली र ईरिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरिएको छ ।

तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का पाण्डेले नेपालगञ्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इनफिल्ड मोटरसाइकल चोरेका थिए ।

उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगञ्जको गणेशमान चोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेका थिए ।

उक्त मोटरसाइकल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६, मन्नापुरुवामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं. ९ बस्ने जरवटले नेपालगञ्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ईरिक्सा चोरेका थिए । तीनै जनालाई कारबाही प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।