काठमाडौं । प्रहरीले काठमाडौंको माइतीघरबाट एक अमेरिकी नागरिकलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार राजसंस्थाको ब्यानर बोकेर नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल रहेका छन्। उनको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।