२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

समाजवादी मोर्चाले चैत १५ गते हुने विशाल जनसभामा डेढ लाखभन्दा बढी मानिस उतार्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १४, २०८१

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले आगामी चैत १५ गते हुने विशाल जनप्रदर्शन एवं जनसभामा डेढ लाखभन्दा बढी मानिस उतार्ने बताएको छ । बुधबार बसेको मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले उक्त जनसभामा एकदेखि डेढ लाखसम्म जनता आउनसक्ने आँकलन गरिएको बताए ।

साथै, बैठकले गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको पनि बताए । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय गरिएको पनि उनले जानकारी गराए । प्रकाण्डका अनुसार कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भृकुटीमण्डप, कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप, नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप गरी तीन वटा रूट तय गरिएको बताए ।

मोर्चाको बैठकले. प्रदर्शनको विभिन्न नाराहरु पनि तय गरेको छ । ‘समाजवादी मोर्चा, नेपाल– जिन्दावाद, समाजवादी क्रान्ति–जिन्दावाद, प्रतिगामी षडयन्त्र–मुर्दावाद, गणतन्त्र नेपाल– जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ लगायतका विभिन्न १४ वटा नारा तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!