२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चैत्र १५ गते राजावादी र गणतन्त्रवादी दुवैले प्रदर्शन गर्ने मुठभेट हुने खतरा कस्तो छ सुरक्षा रणनीति ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १४, २०८१

काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको रक्षा गर्नका लागि हजारौं मानिस सडकमा उत्रिने दाबी गरेको छ । समाजवादी मोर्चाले काठमाडौंका विभिन्न क्षेत्रबाट जुलुस निकाल्ने भनेको छ ।

जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, सुनधारा हुँदै भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर कोणसभामा परिणत हुने भनिएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको रक्षाका लागि आवाज उठाउन सडक प्रदर्शन नै गर्ने भएपनि कांग्रेसले केही मौनता देखाइरहेको भन्न थालिएको छ । तर, कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले भने भने गणतन्त्रविरुद्ध षडयन्त्र गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले जस्तै गणतन्त्रको पक्षमा उठेका आवाजमा एमाले पनि आक्रामक देखिन्छ । सरकार निर्माणको समयक्रमदेखि सत्ता र प्रतिपक्षीबीचको विवाद देखिएपनि गणतन्त्रको पक्षमा भने एकमतजस्तो स्थिति छ ।

दुर्गा प्रसाईँको नेतृत्वमा रहेको समूहले आयोजना गरेको राजसंस्था पक्षधर आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रले कमान्डर तोकेका नवराज सुवेदीले पनि समर्थन गरेको छ । यसमा राप्रपा र राप्रपा नेपालले पनि समर्थन गरेका छन् ।

राजावादी शक्तिले गर्ने प्रदर्शनको केन्द्र काठमाडौं नै बनाएको छ । कोटेश्वर तिनकुने क्षेत्रमा मुख्य केन्द्र बनाएर प्रदर्शनको तयारी उनीहरुको  छ ।

दुवै पक्षको काठमाडौं केन्द्रित प्रदर्शन सम्हाल्न सरकारलाई केही असहज देखिन्छ । त्यसैले पनि चैत्र १५ गतेको प्रदर्शनलाई सरकारले कसरी सुरक्षा व्यवस्था मिलाउँछ भन्ने प्रश्न समेत पेचिलो देखिन्छ ।

त्यसमाथि गणतन्त्रवादी शक्तिहरूले पनि अनेक उक्साहट पैदा गर्ने अनि भीडलाई आक्रोशमय बनाउने जस्ता कदम चालिरहेको देखिन्छ । मुठभेटकै अवस्था आउन सक्ने सम्भावना पनि  बनेको छ ।

यी दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि सुरक्षा चुनौतीबारे छलफल गर्न १० चैतमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत डाकिएको थियो ।

उक्त बैठकले १५ चैतमा दुई पक्षको प्रदर्शनको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको थियो । सोही अनुसार सुरक्षा रणनीति बनाइसकेको अधिकारीहरूले बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार २५ सय प्रहरी भोलिका लागि खटाइने छ ।

सुरक्षालाई मध्यनजर गर्दै सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्न सादा पोसाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ  ।  ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुने बताइएको छ । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरी मात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]